‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा - सिधा मिडिया


‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा

सिधा मिडिया संवाददाता
    १७ कार्तिक २०७७, सोमबार १५:२८  मा प्रकाशित
1849 जनाले पढ़िसके

प्रतिक्रिया



    चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।

    अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

    उनले अनलाइनखबरसँग भने–‘हामी, अब हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा छौ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ ।’

    उनले, नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गुनासो व्यक्त गरे ।

    दिपकका अनुसार, विज्ञापन एजेन्सी किसँग नै कुरा नमिलेका कारण नयाँ एजेन्सीमार्फत सिरियल हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको हो ।

    यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

    लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस