समिक्षाको ‘याद’मा दुर्घटना देखी यस्तो सम्म भयो.. (हेर्नुहोस् भिडियो)

    १७ कार्तिक २०७७, सोमबार १९:४७  मा प्रकाशित
673 जनाले पढ़िसके








स्याङ्जाः मोडल समिक्षा पोखरेलको अभिनयमा रहेको ‘याद’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ यतिबेला चर्चा बटुल्ने क्रममा छ । सेण्टिमेण्टल भर्सनमा सरल भाषामा ‘याद’ गीतको म्युजिक भिडियोमा समिक्षा पोखरेलको दमदार जिबन्त अभिनय देख्न सकिन्छ ।

यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने, संगीत स्वयम् गायक कमल खत्रीले भरेका छन् । यस ‘याद’ बोलको गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।



म्युजिक भिडियोमा समिक्षा पोखरेल र गीतकार सुदीप लम्साल को अभिनय देख्न सकिन्छ। छायांकन तर्फ पवन सुस्लिङले  र सम्पादन पनि उनि आफैले गरेका हुन् ।  यस भिडियोलाई गीतकार सुदीप लम्सालले निर्देशन गरेका हुन्। रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो। आस्था मिडियाको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस