आज कात्तिक १८ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल - सिधा मिडिया





आज कात्तिक १८ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

    १८ कार्तिक २०७७, मंगलवार ०८:५३  मा प्रकाशित
351 जनाले पढ़िसके








आज वि.सं.२०७७ साल कात्तिक १८ गते, मंगलबार । सन् २०२० नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तृतीया तिथि । चन्द्रमा बृष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ र सूर्यास्त बेलुकी ५ः१६ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनको जोहो हुनेछ । भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरसामान हराउन सक्नेछ । मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषिकार्यमा सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काममा प्रशंसा मिल्नेछ । राजनितीमा पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वैदेशिक काममा प्रगति हुनेछ । धर्ममा रुचि जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मानसिक अशान्ति बढ्नेछ । अचानक वाधा हुनेछ । मानमा आघात पुग्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक सहयोग मिल्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काममा खर्च बढ्नेछ । विरोधी पर हट्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बुद्धिले सही निर्णय दिनेछ। सन्ताले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चिसोलो स्वास्थ्य बाधा आउँनेछ । घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नदाजुभाइको सहयोगले काममा सजिलो हुनेछ । घरबाहिर व्यस्त भइनेछ । नयाँ जिम्मेवारी आउँनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस