काँग्रेस सांसद सूर्यबहादुर केसीको पोखरामा निधन - सिधा मिडिया





काँग्रेस सांसद सूर्यबहादुर केसीको पोखरामा निधन

    १८ कार्तिक २०७७, मंगलवार १०:०९  मा प्रकाशित
537 जनाले पढ़िसके








काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।

६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस