युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए - सिधा मिडिया





युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

    १८ कार्तिक २०७७, मंगलवार १९:०९  मा प्रकाशित
423 जनाले पढ़िसके








अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई)का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् ।

प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए।

उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् ।

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।

युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।

तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।एएनआई

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस