र्‍यापर भिटेनलाई प’क्राउ नर्गन उच्च अ’दालतको आदेश - सिधा मिडिया





र्‍यापर भिटेनलाई प’क्राउ नर्गन उच्च अ’दालतको आदेश

    १८ कार्तिक २०७७, मंगलवार २०:०७  मा प्रकाशित
309 जनाले पढ़िसके








काठमाडौं- र्‍याप गायक भिटेनलाई प’क्राउ नर्गन उच्च अ’दालत पाटनको आदेश गायक भिटेन (समीर घिसिङ)लाई प’क्राउ नगर्न उच्च अ’दालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। फौजदारी कसुरमा अभियोजन र अनुसन्धान गर्न प’क्राउ गर्न सक्ने भएपनि गीतसंगीतको विषयमा उनलाई प’क्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै अ’दालतले यस्तो आदेश गरेको हो।

उच्च अ’दालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको अदालतका प्रवक्ता शम्भु रेग्मीले बताए। भिटेनले आफूलाई प’क्राउ गर्न लागेपछि उच्च अदालत पाटन पुगेका थिए। उनले उच्च अ’दालत पाटनमा निषेधाज्ञा निवेदन दर्ता गराउँदै आफूलाई प’क्राउ नगर्न आदेशको माग गरेका थिए।

भिटेनका तर्फबाट उच्च अ’दालतमा कात्तिक १६ गते निवेदन दर्ता गरिएको थियो। दसैं बिदा समाप्त भएर अदालत खुले लगत्तै उनले उच्चमा निवेदन दिएका थिए। कात्तिक ८ गते भिटेनको युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। भिडियोमा उनले अ’श्लिल शब्दको प्रयोग र प्रहरीलाई गाली तथा आलोचना गरेका थिए।

प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धान अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेपछि उनले युट्युबबाट गीत हटाएका थिए। नम्बर एक ट्रेन्डिङमा रहेको गीत उनले हटाएका थिए। भिटेनले आफ्नो भिडियो युट्युबबाट हटाएर माफी समेत मागेका थिए।

प्रहरीको अनुसन्धानको घेरामा परेपछि जुनसुकै समयमा पक्राउ गर्न सक्ने देखेपछि उनी उनी अ’दालत पुगेका थिए। एक वर्षअघि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गीतमा उनले प्रहरीलाई डण्ठे सम्बोधन गरेकोदेखि अ’श्लील गाली गरेको भन्दै प’क्राउ गरेको थियो। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेकामा आपत्ति जनाइएको थियो।

पछिल्लो भिडियोको सुरुमा नै प्रहरीको गाडी वि’स्फोट गराएको देखाइएको छ। यसपटक पनि प्रहरीलाई ‘डण्ठे’ शब्द दोहोर्‍याएका छन्। यही विषयलाई लिएर प्रहरीले भिटेनको गीतमाथि अनुसन्धान सुरु गरिसकेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस