मलेसियामा कोरोना भाइरसले आजमात्रै १२ जनाको मृत्यु, संक्रमितको संख्या ३४ हजार ३९३ जना पुग्यो

    १९ कार्तिक २०७७, बुधबार १७:२८  मा प्रकाशित
615 जनाले पढ़िसके








क्वालालम्पुर : मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या ३४ हजार ३९३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २६३ जना पुगेको छ।

नोभेम्बर ३ तारिख , मंगलबारको दिन कोरोना भाइरसको कारण आज थप १२ जना नागरिकको मृत्यु भएकोले ह्वात्तै बढेर जम्मा मृत्यु हुनेको संख्या २६३ जना पुगेको हो। आजमात्रै पुनः १,०५४ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ८७५ जना निको भएसंगै जम्मा २३ हजार ९९५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।



हालसम्म १० हजार १३५ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ९४ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।

यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ। नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।

अहिले कोरोना जोखिम उच्च रहेको ठाउँ क्वालालम्पुर , सेलाङ्गर , पुत्राजाया , साबाह , सारावाक लगायतकोमा कन्डिसनल एमसिओ कडाईका साथ जारी लागू गरिएको साथै ठाउँ ठाउँमा रोड ब्लक गरेर आवतजावत गर्नेहरुलाई चेकजाँचमा कडाइ गरिएको मलेसिया सरकारले बताईसकेको छ। एसओपि पालना नगर्ने हरु लाई कडा कारवाही गरिने समेत यहाँको सरकारले बताएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस