कतारले लागू गरेको नयाँ नियम अनुसार कम्पनी छाड्न छ सर्त ध्यान दिनुहोस्

सिधा मिडिया संवाददाता
    १९ कार्तिक २०७७, बुधबार १७:३७  मा प्रकाशित
127 जनाले पढ़िसके

प्रतिक्रिया





    काठमाडौँ | कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारले परीक्षण कालमै बिनाजानकारी कतार छाडे एक बर्ष कतार जान नपाउने भएका छन् । कतारमा रोजगारीमा गएकाहरुलाई ६ महिना परीक्षणकाल तोकिएको छ ।

    यस अघि कतारले कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने सम्बन्धमा एतिहासिक निर्णय गरेको थियो । यसै नीति बमोजिम निम्न सर्त लागू हुन्छ ।

    १. कुनै कारणले कतारमा रोजगारीमा पुगेका कामदारले परीक्षणकालभित्र रोजगारदाता छोड्न चाहेमा कतारको श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्छ ।

    २. कामदारले ६ महिनाको परीक्षणकाल सकिएपछि कम्पनी छाडेर स्वदेश फर्कन चाहेमा रोजगारदातालाई एक महिना अघिनै जानकारी दिनुपर्छ ।

    ३. दुई वर्षभन्दा बढी काम गरेको कामदारले कम्पनी छाडेर स्वदेश फर्कन चाहे रोजगारदातालाई दुई महिना अगाडिनै जानकारी दिनुपर्छ ।

    ४. दुईबर्ष नपुग्दै कतार छोड्ने कामदारले क्षतिपूर्तिबापत रोजगारदातालाई एक महिना बराबरको न्युनतम तलब फिर्ता गर्नुपर्छ ।

    ५. परीक्षणकाल (रोजगारीमा गएको ६ महिना) भित्रै रोजगारदाताले दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकलाई एक महिनाको सूचना दिएर करारपत्र रद्द गर्न सक्छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले दिनुपर्छ ।

    ६. जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकको करारपत्र रद्द गर्नुपुर्व रोजगारदाताले एक महिना अगाडि नै कामदारलाई जानकारी दिनुपर्छ । यदि रोजगारदाताले बिनाजानकारी करारपत्र रद्द गरेमा एक महिना बराबरको न्यूनतम तलब कामदारलाई भुक्तानी गर्नुपर्छ ।

    याद राख्नुहोला हाल यो नियम लागु भईसकेको छैन । यो नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस