स्याङ्जाः नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष पारस शर्मा गैरेले सुदृढ एकताको लागि अब हामीले दबाब सिर्जना गरौं भन्दै फेसबुक पोष्ट मार्फत सबैलाई आवहान गरेका छन् । गैरेले लेखेका छन्ः
लामो समय देखिको राजनैतिक अस्थिरता, निरंकुशता, अशान्ति, विकासमा पिछडापन आदी लगाएत राष्ट्रको विकास र जनताको अधिकार सँग सम्बन्धित विषयहरुलाई सम्बोधन गर्नको लागि संविधान सभाको निर्वाचन भएको थियो ।
जसको लागि हजारौं नेपालीहरुको बलिदान, त्याग र समर्पणको लगानी भएको छ । दशवर्षे ससस्त्र जनयुद्ध र जनआन्दोलनको आधारमा जनअभिमत मार्फत निर्माण भएको संविधान सभाले आधुनिक विश्वसँगै अगाडि बढ्ने गरि समाजबादउन्मुख संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण गरेको कुरामा समकालिन नेपाली राजनीतिक मुलधारलाई स्विकार गर्ने दल र व्याक्तिहरुविचमा गहिरो मतभिन्नता रहेको पाईँदैन् ।
तर पनि संविधानसभा मार्फत निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न निर्वाचित भएको सरकार र सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टीमाथि केहि प्रश्नहरु उठेका छन्÷उठाइएका छन्, जसको जवाफ दिनु हाम्रो दायित्व हो । राजनैतिक स्थिरता, दिगो विकास र शान्ति सँग बलियो राजनैतिक पार्टिको परिपुरक सम्बन्ध रहने कुरालाई विश्वराजनीतिक मञ्चमा देखिएको व्यवहारले पनि दर्शाइरहेको छ ।
बिडम्बना समाजबाद उन्मुख संविधानको कार्यान्वयनको जिम्मेवारी पाएको करिब दुईतिहाई नजिक रहेको हाम्रो विशाल पार्टीमा निरन्तर पैदा भइरहने अन्र्तविरोधलाई लिएर किन फुटको प्रसंग चलिरहको छ ? मतदाता र कार्यकर्ताले सुन्न नचाहने अप्रिय शब्द किन चर्चामा आइरहको छ ? सामान्यतया कार्यकर्तामा एकढिक्काको वातावरण भइरहेको सन्दर्भमा मात्रै नेतृत्वको तहमा किन एकताको असक्षमता पर्दशन भइरहेको छ ?
पछिल्लो समय देश, जनता र पार्टी हित विपरित जुन प्रकारको अन्र्तसंघर्ष भइरहेको छ त्यसको अन्त्य र सुदृढ पार्टी एकताको लागि अब हामी कार्यकर्ताहरुले बलियो दबाब दिन जरुरी देखिएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस