स्याङ्जाको चापाकोटमा कोरोना संक्रमणबाट ७३ बर्षका ईन्द्र बहादुरकाे मृत्यु - सिधा मिडिया






स्याङ्जाको चापाकोटमा कोरोना संक्रमणबाट ७३ बर्षका ईन्द्र बहादुरकाे मृत्यु

    २१ कार्तिक २०७७, शुक्रबार ०८:५९  मा प्रकाशित
1550 जनाले पढ़िसके









स्याङ्जाः चापाकाेट वडा नं १० छापका कैलागैरा निवासी ७३ बर्षका ईन्द्र बहादुर रिङ्जालीकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहिबार राति मृत्यु भएको स्रोतले “सिधा मिडिया” लाई जानकारी दिएको छ ।

स्वास्थ्य उपचारको लागी १४ गते प्रवास मेडिकल कलेज पाल्पा गएका उनी कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यम प्रसाद शर्माले बताउनु भयो । ५ दिन अगाडि प्रवास तानसेनमा उपचार गरेर फर्किएकोमा उनिमा कोरोना पोजेटिभ देखिएको हो ।

आफ्नै घरमा (होम क्वारेनटाईन) बस्दै आएका कैलागैरा निवासी ७३ बर्षका ईन्द्र बहादुर रिङ्जालीकाे बिहिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको हो । लामोसमय देखि सुगर र प्रेसको बिरामी रएका कोरोना संक्रमित रिङ्जालीकाे शव व्यस्थापनको लागि अहिले सेना आउने क्रममा रहेको जानकारी आएको छ । यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस