दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना: तीन जनाको मृत्यु

सिधा मिडिया संवाददाता
    २३ कार्तिक २०७७, आईतवार १२:०८  मा प्रकाशित
196 जनाले पढ़िसके

प्रतिक्रिया





    दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

    जिपमा सात जना सवार थिए। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले सेतोपाटीलाई दिएको जानकारीअनुसार तीन जनाको घटनास्थलमै मृत्यु र चार जना घाइते भएका हुन्। घाइतेको अवस्था सामान्य छ।

    ‘चार जना हामफालेर बाँचेका हुन्। उकालो चढ्न नसकेर जिप ब्याक भएको रहेछ,’ उनले भने, ‘जिपभित्र रहेकाहरूको मृत्यु भएको हो।’

    सल्यान र रोल्पाको सिमाना सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा शनिबार बेलुकी उक्त दुर्घटना भएको हो।

    जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस