सञ्चारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण !

प्रदिप पंगेनी
    २३ कार्तिक २०७७, आईतवार १७:४१  मा प्रकाशित
199 जनाले पढ़िसके

प्रतिक्रिया





    लोकप्रिय खरो पत्रकार तथा जनता जान्न चाहन्छनका सञ्चारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । धमलाले आफुमा रिपोर्ट पोजेटिभ आएको सिधा मिडियालाई बताएका छन् ।

    साथै सञ्चारकर्मी ऋषि धमलाले आफ्नो फेसबुक मार्फत  भनेका छन् । `कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आफुले कोभिड–१९ स्वाब परीक्षण गराएकोमा उनमा रिपोर्ट पोजेटिभ आएको हो  । धमलाको अहिले स्वास्थ्य अबस्था सामान्य रहेको छ । साथै यो बीचमा म सँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन धमलाले अपिल समेत गरेका छन् । धमला आजैबाट होम–आईसोलेशनमा बसेका छन् ।

    सञ्चारकर्मी ऋषि धमलाले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् ।

    आदरणीय सबैमा नमस्कार;
    `कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस