गण्डकी प्रदेशमा लागूऔषधसहित तीनजना पक्राउ

सिधा मिडिया संवाददाता
    २५ कार्तिक २०७७, मंगलवार १९:५५  मा प्रकाशित
207 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङ्जा । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी पोखराले दिएको जानकारी अनुसार दुईसय ८६ एम्पुल लगायत विभिन्न लागूऔषधसहित शुक्लागण्डकी नगरपालिका वडा नं. ४ कोत्रेस्थित गस्ती गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा पक्राउ परेका हुन् ।

    यसरी पक्राउ पनेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ बस्ने २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ हलेदी बस्ने वर्ष ३० का रवि गुरुङ रहेका छन् ।

    ती व्यक्तिहरुबाट डाईजापाम १०४ एम्पुल, नुफिन ८९ एम्पुल र फेनरागन ९३ एम्पुल गरी जम्मा दुईसय ८६ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस