लमजुङमा बाख्रा फार्ममा जुवातास खेल्ने १४ जना ११ लाख ४७ हजार सहित पक्राउ (नामावली)

    २६ कार्तिक २०७७, बुधबार १२:४२  मा प्रकाशित
307 जनाले पढ़िसके








स्याङ्जाः लमजुङमा जुवा खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । २५ गते जिल्ला लमजुङको मध्यनेपाल नगरपालिका-१ सरौदी स्थित सुदिप थापाको बाख्रा फार्ममा जुवा खेल्ने खेलाउने कार्य भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले नगद रु.११,४७,८४२ (एघार लाख सत्चालीस हजार आठ सय बयालीस) सहित जुवा खेली रहेका १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजना उपर मुद्दा दर्ता गरि घटनका विषयमा थप अनुसन्धानभइरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरुको नामावली:-

१) जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने बर्ष ५० को राम बहादुर गुरुङ ।
२) ऐ.ऐ. ७ बस्ने वर्ष ५० को कृष्ण बहादुर अधिकारी ।
३) ऐ.ऐ. ४ बस्ने वर्ष ३९ को देव दोङ ।

४) ऐ.ऐ. ९ बस्ने वर्ष ३० को गोर बहादुर गुरुङ ।
५) ऐ.ऐ. बस्ने वर्ष ६० को कुल बहादुर गुरुङ ।
६) ऐ.ऐ. बस्ने वर्ष ४५ को राम चन्द्र घर्ति ।
७) ऐ.ऐ. बस्ने वर्ष ३५ को योगेन्द्र श्रेष्ठ ।

८) ऐ. मध्यनेपाल नगरपालिका-३ बस्ने वर्ष ३१ को सन्देश थापा ।
९) जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-३ बस्ने वर्ष ४२ को सुरेन्द्र मगर ।
१०) ऐ. भानु नगरपालिका-१ बस्ने वर्ष ३७ को कृष्ण प्रसाद सापकोटा ।
११) जिल्ला कास्की रुपा गाउँपालिका-७ बस्ने वर्ष ४० को रामबावु भट्टराई ।

१२) जिल्ला गोरखा गोरखा नगरपालिका-११ बस्ने वर्ष ४० को नरेन्द्र तामाङ ।
१३) ऐ.ऐ. बस्ने वर्ष ४० को आकाश तामाङ ।
१४) जिल्ला तनहुँ ब्यास नगरपालिका-११ बस्ने वर्ष ४२ को प्रेम बहादुर अधिकारी ।

लमजुङमा बाख्रा फार्ममा जुवातास खेल्ने १४ जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याएको छ । पक्राउ परेका सबैजना उपर मुद्दा दर्ता गरि घटनका विषयमा थप अनुसन्धान भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस