मलेसियाको सुभाङमा रहेको village grocer market कम्पनीमा बिगत ८ बर्ष देखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (नोभेम्बर 12) मा मृत्यु भएको छ ।
रुपलालको बुधबार बिदा थियो, बिदाको दिन साथीहरू सँग मदिरा सेवन गरेर राति अभेर सम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काममा गए तर रुपलाल काममा अनुपस्थित भएपछि साथीहरूले खोजि गरे पटकपटक फोन सम्पर्क गर्दा फोन समेत रिसिभ नभएपछि साथीहरू आएर कोठामा हेर्दा सुतिरहेको अबस्थामा मृत फेला परेका थिए।
मृतक रुपलालको शव पोस्टमार्टमको लागि लगिएको र शव नेपाल फिर्तीको लागि कम्पनीले प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत एक नेपालिले “सिधा मिडिया” लाई जानकारी दिए ।
मलेसियामा धेरै नेपालीको सुतेको अवस्थामा ज्यान जाने गरेको छ । केहि मदिरा जन्य बस्तुको सेवनले त केहिको सकुशल सुतेको अवस्थामा निधन हुने गरेको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस