अर्को महिना देखि नागरिकलाई खोप उपलब्ध हुने - सिधा मिडिया


अर्को महिना देखि नागरिकलाई खोप उपलब्ध हुने

‘अपरेशन र्‍याप स्पीड’ सफल भएको र चाँडै खोप वितरण हुने ट्रम्पले बताए ।
सिधा मिडिया संवाददाता
    २९ कार्तिक २०७७, शनिबार १८:२९  मा प्रकाशित
119 जनाले पढ़िसके

प्रतिक्रिया



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा अहिलेसम्म स्वीकार गरेका छैनन् । तर उनले आउँदो प्रशासन आफ्नो नुहने आशयको वक्तव्य भने सार्वजनिक रुपमा दिएका छन् ।

    नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर बोलेका ट्रम्पले आफ्नो प्रशासनले पुनः लकडाउन नगर्ने बताएका छन् ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा ट्रम्पले स्थानीय समय अनुसार शुक्रबार बेलुका भने, ‘यो प्रशासनले पुनः लकडाउन गर्ने छन् । आशा गरौँ… भविष्यमा जे भए पनि, कसलाई थाहा छ र कसको प्रशासन हुनेछ, मलाई लाग्छ समयले बताउने छ । तर म यो भन्न सक्छु कि अहिलेको प्रशासनले लकडाउन गर्ने छैन ।’

    डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर राष्ट्रपतिमा विजयी भएका छन् । पराजित भएका ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

    ट्रम्पले विगतमा जस्तो कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिएनन् ।

    कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको र चाँडै खोप वितरण हुने ट्रम्पले बताए । आउँदो महिना (डिसेम्बर) देशभरका जोखिममा रहेका दशौँलाख नागरिकलाई खोप उपलब्ध हुने उनले बताए ।

    तर न्यूयोर्क राज्यमा भने खोप उपलब्ध नहुने ट्रम्पले बताए । त्यहाँका डेमोक्र्याटिक गभर्नर एन्ड्रयू कुआमोले खोपको सुरक्षालाई लिएर शंका व्यक्त गरेकाले उपलब्ध नगराउने ट्रम्पले बताएका हुन् ।

    ९० प्रतिशत सफल देखिएको फाइजर खोपका कारण विश्वभर आशा पलाएको छ । कुआमोले सो खोपबारे अध्ययन गर्नका लागि राज्यमा वैज्ञानिकहरुको टिम नै बताएका छन् । फाइजरसँगै अरु खोप पनि तयार हुने अवस्थामा छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस