स्याङ्जाः वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मिति २०७७।०७।२८ गते जिल्ला दाङ राप्ती गाउपालिका वडा नं. ७ घर भई हाल स्याङजा जिल्ला विरुवा गाउपालिका वडा नं.३ मा ज्याला मजदुरी काम गर्दै आएका ब्यक्तिले वालिकालाई जवरजस्ती करणी गरेको पिडितको भनाई छ ।
ज्याला मजदुरी काम गरि बस्ने बर्ष २१ को सिजेन्द्र चौधरीले बर्ष १४ की वालिकालाई जवरजस्ती करणी गरेको हुँदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरीको आधारमा निज सिजेन्द्र चौधरीलाई पक्राउ गरी “ जवरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भनेको छ ।
मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस