स्याङ्जाको वालिङमा “३९० ग्राम गाँजा सहित गुरूङ पक्राउ ”

प्रदिप पंगेनी
    ३० कार्तिक २०७७, आईतवार १९:३०  मा प्रकाशित
151 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङ्जाः “गाँजा सहित १ जनालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीहरुले पक्राउ ” गरेका छन् । २९ गते साँझ अंन्दाजी. १८:०० बजेको समयमा गोप्य सूचनाको आधारमा गाँजा सहित १ जना पक्राउ परेका हुन् ।

    वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङजा वालिङ न.पा. ७ सातधारा बस्ने धनमाया गुरुङको घरमा डेरा गरी बस्ने रुपन्देही स्थायी वतन भएका बर्ष १८ को भविन गुरुङको कोठाबाट ३९० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

    गाँजा सहित पक्राउ परेका भविन गुरूङलाई “ लागुऔषध” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस