अरिङ्गालको टोकाईबाट नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरीको निधन

प्रदिप पंगेनी
    १ मंसिर २०७७, सोमबार २१:५५  मा प्रकाशित
1197 जनाले पढ़िसके

प्रतिक्रिया





    स्याङ्जाः नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसलाई पारिवारीक शोक परेको छ । छोरी अतिथी शर्माको अरिङ्गालको टोकाईबाट निधन भएको छ । आज सोमबार पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोक्दा उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा निधन भएको हो ।

    आज भाईटिकाको दिन  माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले टोकेर घाईते बनेकी अतिथीको तुरुन्तै उपचारको लागि पोखरा लगेकोमा उपचारको क्रममा गण्डकी अस्पतालमा साँझपख निधन भएको स्याङ्जा नेकपा का एक उच्च नेताले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    अरिङ्गालको टोकाईबाट निधन भएकी अतिथी शर्माको परिवारमा बुवा आमा र एक भाई रहेका छन् । नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको सुपुत्री शर्माको भोली मगंलबार पोखरामै अन्त्यष्टी गरिने स्रोतले जानकारी दिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस