काठमाण्डौ – हङकङमा एक नेपाली रेसटुरेन्टमा आगालगी हुँदा नौं वर्षीय बालिका सहित ७ जनाको ज्यान गएको छ ।
सो रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ ।
सो आगालगीमा ज्यान गुमाउने बागलुङका रहेका छन । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
ज्यान गुमाउनेको पुरै परिचय खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस