विप्लव समूहका पाल्पा जिल्ला इन्चार्ज शाही पक्राउ

सिधा मिडिया संवाददाता
    ४ मंसिर २०७७, बिहीबार १३:३०  मा प्रकाशित
97 जनाले पढ़िसके

प्रतिक्रिया





    बुटवल । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत हुन् । पक्राउ परेका शाही र आलेको साथबाट केही शंकास्पद सामग्री पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस