निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गरेको भिडिओ अपलोड गर्ने प’क्राउ

    ४ मंसिर २०७७, बिहीबार १३:४३  मा प्रकाशित
454 जनाले पढ़िसके








निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन्। साइबर ब्युरोले भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान प’क्राउ गरेको हो।

ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए। निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो। नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो।



‘हिजो नै सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक रायले भने,’अर्का व्यक्तिको खोजी भइरहेको छ।’ यसबारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेको पनि भिडिओमा देखिन्छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस