युटुब ट्रेडिङमा प्रचण्डकी नातिनी स्मीतासँग रोमान्टिक ‘मालिङ्गो’मा राजेश हमाल - सिधा मिडिया

युटुब ट्रेडिङमा प्रचण्डकी नातिनी स्मीतासँग रोमान्टिक ‘मालिङ्गो’मा राजेश हमाल

    ५ मंसिर २०७७, शुक्रबार १८:२६  मा प्रकाशित
380 जनाले पढ़िसके




काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ ।

भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीले निर्देशन गरेका हुन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस