भारतीय हाँस्यकलाकार भारती सिंह श्रीमानसहित पक्राउ - सिधा मिडिया






भारतीय हाँस्यकलाकार भारती सिंह श्रीमानसहित पक्राउ

    ७ मंसिर २०७७, आईतवार ०८:४०  मा प्रकाशित
324 जनाले पढ़िसके









एजेन्सी, काठमाडौं ।

चर्चित भारतीय महिला हाँस्यकलाकार भारती सिंह र उनका श्रीमान् पक्राउ परेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो उनको घरमा समेत शनिबार छापा मारेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

हिरासतमा रहेका एक अभियुक्तले उनी र उनका श्रीमान् हर्षलिम्बाचियाको नाम लिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ । छापा मार्ने क्रममा ब्युरोको टोलीले उनीहरुको घरबाट गाँजा समेत बरामद गरेको बताईएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस