स्याङ्जाः स्याङ्जाको चापाकोट नगरपालिका १० मा खानी पानीको ट्यांकीमा असर पुग्ने गरी सुक्का पहिरो गएको छ ।
चापाकोट नगरपालिका स्थित वडा नम्बर १० माथिल्लो किसानमा गएको सुक्का पहिरोले खानी पानीको ट्यांकीमा असर गरेको थाहा पाए पछि चापाकोट नगरपालिका का मेयर (नगरप्रमुख) शिव कुमार गिरि आफै सो स्थानमा पुगेर सुक्का पहिरोले गरेको असर बारे त्यहाँका स्थानिय सँग पहिरोको अबलोकन गरेका हुन् ।
नगरप्रमुखले चाडैं नै प्राबिधिक खटाइ स्ट्मेट अनुसार पहिरो नियन्त्रण गर्ने प्रतिबद्धता समेत जाएर गरेको स्थानियको भनाइ छ । चापाकोट नगरपालिका का मेयर शिव कुमार गिरिले स्थानियको गुनासो थाहा पाउने बित्तिकै उक्त स्थानमा आफै उपस्थित भई असर, नोक्सानीको अबलोकन गरी जनताको हितमा काम गर्दै आएका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस