६ वर्षीया बालिका मृ’त्यु प्रकरण; गो’ली चल्यो, १ जना घाइते - सिधा मिडिया






६ वर्षीया बालिका मृ’त्यु प्रकरण; गो’ली चल्यो, १ जना घाइते

    ९ मंसिर २०७७, मंगलवार १४:२१  मा प्रकाशित
471 जनाले पढ़िसके









६ वर्षीया बालिकाको ह’त्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गो’ली चलाएको छ । प्रहरीको गो’ली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गो’ली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित स्थानीयले बालिकाको श’वलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा ह’त्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।

Photo Credit : विक्रम रौनियार

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको श’व सोमबार मध्यरात ह’त्यापछि बोरामा फ्याकिएको अवस्थामा फे’ला परेको थियो । स्थानीयले बालिकाको ब’लात्कारपछि ह’त्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन । आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको श’व राखेर ‘ब’लात्कारीलाई फा’सी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले बालिकाको ह’त्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई प’क्राउ गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस