सफारीबाट भुईँमा ढलेका चालकको मृत्यु

    ९ मंसिर २०७७, मंगलवार १७:३७  मा प्रकाशित
611 जनाले पढ़िसके








विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।



प्रहरीका अनुसार मण्डल को२ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट उनी ढलेका हुन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार लडेका बेला चालक आफैंले सफारी चलाइरहेका थिए ।

एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस