स्याङ्जाः चापाकोट नगरपालिका का नगरप्रमुख (मेयर) शिव कुमार गिरीले कृषि पेशामा लागेका समुहलाई आलुको बिउ बितरण गरेका छन् । चापाकोट नगरपालिका भित्रका किसानलाई तरकारीमा आत्मनिर्भर बनाउने हेतुले कृषि पेशामा लाग्न चाहेका नगरपालिकामा रहेका बिभिन्न समुहहरुलाई आलुको बिउ बितरण गर्दै आएका छन् ।
कृषि पेशामा महिलाहरुलाई आकर्षित गराउँदै चापाकोट नगरपालिका वडा नम्बर १० मा पनि आलुको बिउ बितरण गरिएको छ । नगरप्रमुख शिव कुमार गिरीले चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको दिपज्योति महिला समूह र परिवर्तन शिल महिला समूहलाई एक कार्यक्रम गर्दै आलुको बिउ दिएका हुन् ।
कृषि पेशामा लाग्न सबै लाई प्रेरणा र हौषला प्रदान गर्दै मेयर शिव कुमार गिरी, चापाकोट नगर सभापति रामचन्द्र पंगेनी, सूर्य माझी लगाएतका समाजसेवीहरुको उपस्थिती रहेको थियो । स्याङ्जाको चापाकोट नगरपालिकामा मेयर गिरीले कृषि पेशामा लागेका किसानलाई सो आत्मनिर्भर बन्न बिभिन्न शिर्षकमा अनुदान समेत प्रदान गर्दै आएका छन् ।
प्रतिक्रिया