स्याङ्जाः चापाकोट नगरपालिका वडा नम्बर १० को पाएटार (रातमाटा) दुर्गा माता मन्दिर परिसरमा आलुको बिउ बितरण भएको छ । स्याङ्जा चापाकोट नगरपालिका का मेयर शिब कुमार गिरीले वडा नम्बर १० मा रहेको दुर्गा माता उध्यमशिल महिला समुहलाई सानो एक कार्यक्रमका बिचमा आलुको बिउ हस्तान्त्रण गरेका हुन् ।
दुर्गा माता उध्यमशिल महिला समुहले आलुको बिउ पाउनु अगाडिनै ठाँउ तयार गरेर खन-जोत, मलको तयारी गरेर बसेको थियो । आलुको बिउ मेयर गिरी बाट पाए लगतै भोलिनै आलु लगाउने कार्यक्रम रहेको दुर्गा माता उध्यमशिल महिला समुहकी दुर्गा पंगेनीले “सिधा मिडिया” लाई जानकारी दिनुभएको हो । महिला समुहका अनुसार ४२ जना भन्दा बढीले आलु रोप्नका लागि सहभागिता जनाएको बताएकी छन् । उक्त महिला समुहमा उत्साहित आलु रोप्नेको संङ्ख्या धेरै हुदा आलुको बिउ कम भएको हुदा, थप गरिदिन समेत दुर्गा माता उध्यमशिल महिला समुहले चापाकोट नगरपालिका का मेयर शिब कुमार गिरी सँग माग राखेका छन् ।
सोमबार स्याङ्जाको चापाकोट नगरपालिका १० स्थित जोगिकुटी नजिकै रहेको तल्लोखन्नामा सामुहिक आलु खेति गर्ने कार्यक्रम रहेको बुझिएको छ । आलुको बिउ सामुहिक रुपमा हस्तान्त्रण कार्यक्रममा मेयर शिब कुमार गिरी, चापाकोट कांग्रेस नगर सभापति रामचन्द्र पंगेनी, नगर कार्यपालिका सदस्य सूर्य माझी, सञ्चारकर्मी लगाएत महिला समुह, स्थानिय पुरुष धेरै समाज सेविहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया