मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटेअभियान्ता दिनदयाल - सिधा मिडिया





मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटेअभियान्ता दिनदयाल

    १६ मंसिर २०७७, मंगलवार १०:०२  मा प्रकाशित
604 जनाले पढ़िसके








मृगौला रोग भन्ने बित्तिकै जटिल रोग हो भन्ने बुझिन्छ।जटिल नहोस पनि कसरी,उपचार खर्च नै गरिबका लागी कहालीलाग्दो प्राय असम्भव जस्तै छ। स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समेत मृगौला रोगी भएकै कारण राज्यको करोडौं खर्चमा अर्को मृगौला प्रत्यारोपण गरेर बाचेको खबर हामी सबैले सुनेकै हो।

रोग भन्ने कुराले न धनी न गरिब केही भन्दैन।बस लाग्छ रोग विविध कारणले,समस्यामा तब रोगी र रोगीका परिवार जन पर्छन।जब न रोगी रहने हो न गरिबको गरिखाने सम्पत्ति नै रहने हो भन्ने पिरलोले दिनरात पिरोल्न थाल्छ।मृगौला रोगको समस्यामा परेकाको परिवार जनले सडकमा सहयोग संकलन गर्दै हिडेको हामी दिनहु जसो देख्ने गर्छौ।मन भरि आफ्नो परिवारको रोगी सदस्य बचाउने अठोट बोकेर बीस,पचास,सय,हजार संकलन गरेर लाखौ पुर्याउन कति महिना सडकमा भौतारिनु पर्ला त्यसको अनुमान सहजै गर्न सकिन्छ।अस्पतालले भनेको समयमा पैसा दिन नसकेर कतिले अकालमा ज्यान गुमाएको खबरहरु पनि बाहिरिने गर्छन।सडकमा मागेको रुपैयाँले लाखौं लाखको खुत्रुके भर्नु भनेको सहज पनि त छैन आखिर।

यस्तै मृगौला रोगकै कारण परिवारकै उठिबास हुनेभयो भनेर चिन्तित बनेका स्याङ्जा गल्याङ नगरपालिकाका गरिब परिवारका दुई जनालाई भने अमेरिकामा आर्थिक सहयोगको अभियान चलेछ। त्यो अभियान चलाउने ब्यक्ति हुन स्याङ्जाका सामाजिक अभियान्ता दिनदयाल भण्डारी(दिनेश)हाल अमेरिका रहेका उनी स्याङ्जा समाज अमेरिकाका सदस्य समेत रहेका छन ।उनकै नेतृत्वमा दुई लाख आठ हजार सात सय सतसठ्ठी रुपैयाँ संकलन गरेर पीडित मृगौला रोगीलाई हस्तान्तरण समेत भैसकेको छ।

गल्याङ नगरपालिका ०१ निवासी बर्ष ४८ की लक्ष्मी पराजुलि ( बस्याल ) र बर्ष २६ का बिष्नु बि.क को दुबै मृगौला फेलभई लामो समय देखी उपचार गर्दै गरेका उनीहरु पैसाको अभाबमा छटपटाइ रहेका थिए । पिडित परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उपचार खर्च जुटाउन हम्मे हम्मे परेको खबर प्राप्त गर्ने बित्तिकै मेरो मन थामिनसक्नु पीडा बोध भयो भन्छन स्याङ्जा समाजका सदस्य दिनदयाल भण्डारी (दिनेश)।

गरिबीकै कारण रोगको उपचार बाट समेत बन्चित हुनुपर्ने अबस्था कोहि कसैको हुन नहुने र यदि त्यस्तो भएका आफ्नो एक छाक काटेर पनि पिडितलाई सहयोग गर्नुपर्छ भन्छन दिनदयाल ।

वैदेशिक रोजगारमा गएका युवाहरुले चलाएको देशलाई रोग,भोक र शोक पर्न नदिन दिनरात मेहनत रहेको तर देशका नेता र तिनको राजनीति देख्दा दिक्क लाग्ने कुरा दिनदयाल भण्डारी(दिनेश ) व्यक्त गर्छन।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस