दुर्गा माता उध्यमशिल महिला समुहले चापाकोट १० मा लगाए सामुहिक आलु (फोटो फिचर) - सिधा मिडिया


दुर्गा माता उध्यमशिल महिला समुहले चापाकोट १० मा लगाए सामुहिक आलु (फोटो फिचर)

प्रदिप पंगेनी
    १६ मंसिर २०७७, मंगलवार १०:५३  मा प्रकाशित
436 जनाले पढ़िसके

प्रतिक्रिया



    स्याङ्जाः चापाकोट नगरपालिका वडा नम्बर १० को पाएटार (रातमाटा) दुर्गा माता मन्दिर परिसरमा आलुको बिउ बितरण भए लगतै  दुर्गा माता उध्यमशिल महिला समुहले धमाधम सामुहिक आलु खेति लगाउन सुरु गरेको छ । स्याङ्जा चापाकोट नगरपालिका का मेयर शिब कुमार गिरीले वडा नम्बर १० मा रहेको दुर्गा माता उध्यमशिल महिला समुहलाई  सानो एक कार्यक्रमका बिचमा आलुको बिउ हस्तान्त्रण गरेका थिए ।

    दुर्गा माता उध्यमशिल महिला समुहले आलुको बिउ पाए लगतै हिजो सामुहिक लगभग ९ बोरो आलु लगाई सकिएको र बाकि बोरामा भएको आलुको बिउ नँया  ठाँउ तयार गरेर खन-जोत, मलको तयारी गरेर लगाउने  तयारी भईरहेको समुहका एक किसानले “सिधा मिडिया” लाई बताएका हुन् ।

    महिला समुहका  अनुसार ३६ जना भन्दा बढीले आलु रोप्नका लागि सहभागिता जनाएको बताएका छन् । सोमबार स्याङ्जाको चापाकोट नगरपालिका १० स्थित जोगिकुटी नजिकै रहेको तल्लोखन्नामा   सामुहिक आलु खेति गरिएको थियो ।

    दुर्गा माता उध्यमशिल महिला समुहले लगाउदै गरेको सामुहिक आलु खेतिको फोटो फिचर हेर्नुहोस्ः

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस