स्याङ्जा । स्याङ्जामा प्रहरीले अवैध काठ सहित २० वर्षीय मनिष क्षेत्रीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गल्याङ नगरपालिका वडा ६ छबिसे स्थित ग १ त ५३४८ नंम्बरको टयाकटर चेक जाँच गर्ने क्रममा प्रहरीले अवैध काठ बरामद गरेको
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको फेसबुक पेज मार्फत “सिधा मिडिया” लाई जानकारी दिएको छ ।
ट्याक्टरमा बरामत गरेको सालको काठ चिरेको पुरानो १४ थान, चिलाउनेको काठ १२ थान र मौवाको काठ ४ थान रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ट्याक्टर चालक स्याङ्जा गल्याङ नगरपालिका वडा नं ५ बस्ने २० वर्षीय मनिष क्षेत्री हुन् । क्षेत्रीलाई आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय गल्याङ, स्याङ्जामा बुझाईएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस