कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी हिरासतमा - सिधा मिडिया





कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी हिरासतमा

    १७ मंसिर २०७७, बुधबार १५:२९  मा प्रकाशित
850 जनाले पढ़िसके








स्याङ्जाः काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा  लिएर हिरासतमा राखेको छ । नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा  उनलाई लाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् ।

कांग्रेस नेता पौडेलले यस्तो लेखेका छन् । – 

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस