नेकपा नगर सचिब राजु कोइरालाले गरे फुटबल कार्यक्रमको समापन - सिधा मिडिया





नेकपा नगर सचिब राजु कोइरालाले गरे फुटबल कार्यक्रमको समापन

    १७ मंसिर २०७७, बुधबार २०:५८  मा प्रकाशित
1111 जनाले पढ़िसके








स्याङ्जाः चापाकोट नगरपालिका वडा नंम्बर ९ मा 7Aसाईड फुटबल प्रतियोगिता सम्पन् भएको छ ।  न्यू युनाईटेड भु पु चोक चापाकोट  द्धारा आयोजना गरीएको फुटबल प्रतियोगिताको समापन यस कार्यक्रमका प्रमुख अथिती चापाकोट नेकपा नगर सचिब राजु कोइरालाले गरेका हुन् ।

स्याङ्जाको चापाकोटमा खेल कातिक २५ गते देखी सुरु गरेता पनि नेपाल भर देखा परेको कोरोनाको कारणले गर्दा केहि ढिला गरी आयोजक न्यू युनाईटेड भु पु चोक चापाकोटले 7Aसाईड फुटबल खुल्ला चापाकोट नगर कपको आज बेल्चौरको खेल मैदानमा एक भब्य कार्यक्रमका बिच सु-सम्पन गरेको छ ।

7Aसाईड फुटबल खुल्ला चापाकोट नगर कपमा नगरपालिका भित्रका मात्र १३ टिमले सहभागिता जनाएका थिए । यस फुटबल कार्यक्रमको प्रथम पुरस्कार सहयोग चापाकोट नेकपा नगर सचिब युवा नेता राजु कोइरालाले गरेका हुन् ।

त्यस्तै द्धितीय पुरस्कार को ब्यवस्था बाजिन्द्र बिक र भाईराम बिकले संयुक्त रुपमा गरेका हुन् ।, भने प्रथम स्थान स्काई स्पोर्ट क्लब बैंडि स्याङ्जा चापाकोटले हाता पारेको हो ।  द्धितीय स्थान न्यू युनाईटेड भु पु चोक चापाकोटले आफ्नो पोल्टोमा पारेको छ ।

न्यू युनाईटेड भु पु चोक चापाकोटले आयोजना गरेको फुटबल खेलको समापनमा बोल्दै प्रमुख अथिती चापाकोट नेकपा नगर सचिब राजु कोइरालाले युवाहरुमा फुटबल प्रतिको झुकाब देखेर आफुले चापाकोटमा फुटबल खेलमा आवश्यक परेको खण्मा माग अनुसारको काम गर्ने प्रतिब्धता जनाएका छन् । नगर सचिब कोइरालाले कार्यक्रमको समापन गर्दै  खेलाडी सबैलाई बधाई तथा आगामी दिनहरुमा प्रगतिको लागी शुभकामना दिएका छन् ।

हेर्नुहोस् नेकपा नगर सचिब राजु कोइरालाले गरे फुटबल कार्यक्रमको समापनको फोटो फिचर

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस