काठमाडौं । आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस