मुख्यमन्त्री राउत सम्बद्ध चार फेसबुक आईडी ह्याक - सिधा मिडिया





मुख्यमन्त्री राउत सम्बद्ध चार फेसबुक आईडी ह्याक

    १९ मंसिर २०७७, शुक्रबार १५:२२  मा प्रकाशित
780 जनाले पढ़िसके








काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र आधिकारिक फेसबुक पेज ह्याक भएको छ । साथै मुख्यमन्त्री राउतकाे सञ्चार सचिवालय र प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आईडी पनि एकैसाथ ह्याक गरिएको छ ।

शुक्रबार बिहान साढे ९ बजेकाे हारहारीमा साे ह्याक भएकाे प्रेस सल्लाहकार मिश्राले जानकारी दिए । ह्याकरले फेसबुकमा प्रोफाइल र कभर फाेटाे परिवर्तन गरिदिएका छन् ।

मिश्राका अनुसार याे घटनाबारे साइबर ब्यूराेमा जानकारी गराइसकिएकाे छ । उनले ह्याककाे घटना धरानबाट भएकाे देखिएकाे बताए ।

ह्याकरले मुख्यमन्त्री राउतको ‘सीएम लालबाबु राउत’ पेजमा रहेका पुराना सबै ‘लिंक’ हटाइदिएका छन् ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस