चापाकोट अब आलु उत्पादनको पकेट क्षेत्र, सबै किसान खेतमा आलु लगाउनमै व्यस्त - सिधा मिडिया



चापाकोट अब आलु उत्पादनको पकेट क्षेत्र, सबै किसान खेतमा आलु लगाउनमै व्यस्त

दुर्गा माता उध्यमशिल महिला समुहले चापाकोट १० मा लगाएर सके सामुहिक आलु
    २० मंसिर २०७७, शनिबार १८:०३  मा प्रकाशित
602 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः आलुखेतिको विस्तारको लागी स्याङ्जाको चापाकोट नगरपालिकालाई आलु पकेट क्षेत्र घोषणा गर्नको लागी आलु खेतिको काम थालिएको छ । चापाकोट नगरपालिकाले आलु खेति हुने ठाँउलाई बिभिन्न महिलाहरुको समुहलाई आलुको बिउ वितरण गरेको छ ।

    चापाकोटमा दुर्गा माता उध्यमशिल महिला समुहले पनि चापाकोट १० मा सामुहिक आलु लगाएर सकेको छ । चापाकोट नगरपालिका का मेयर शिब कुमार गिरीले वडा नम्बर १० मा रहेको दुर्गा माता उध्यमशिल महिला समुहलाई आलुको बिउ हस्तान्त्रण गरेका थिए । ठाँउ तयार गरेर खन-जोत, मलको तयारी गरेर लगभग ३५ जना जतिले दुर्गा माता उध्यमशिल महिला समुहमा आवध भएका यस समुहकी अध्यक्ष दुर्गा पंगेनीको अग्रसरमा सामुहिक आलु लगाएका हुन् ।

    सोमबार स्याङ्जाको चापाकोट नगरपालिका १० स्थित जोगिकुटी नजिकै रहेको तल्लोखन्नामा   सामुहिक आलु खेति लगाएका थिए भने, ठाँउको कमिले गर्दा पुनः शनिवार चापाकोट नगरपालिका १० को जन ज्योति बिधालय भन्दा पछाडी रहेको तुलबानेमा  दुर्गा माता उध्यमशिल महिला समुहले आलु खेति लगाएर चापाकोट नगरपालिकालाई आलु उत्पादनको पकेट क्षेत्रको लागी सहयोग पुर्याएको छ । यि समुह जस्ता चापाकोटमा धेरै समुहहरुले काम गरीरहेका छन् ।

    आलु पकेट क्षेत्र भित्रका इच्छुक समुहले प्रक्रिया पुरा गरेर अनुदानमा बिउ प्राप्त गर्न सक्ने छन्, । अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त हुनुहुन्छ चापाकोट नगरपालिका का सदस्य सूर्य माझीले “सिधा मिडिया” लाई बताए । नगरपालिकाले किसानलाई ‘कार्डिनल’, गोलो आलु, रातो  ,जातका आलुको बिउ अनुदानमा वितरण गरेको सूर्य माझीले भने ।

    आलु उत्पादनका दृष्टिले चापाकोट उर्वरभुमि पनि हो । घरको निर्वाहका लागि गरिँदै आएको आलु खेती प्रणालीलाई आधुनिकीकरंण र व्यावसायिकता तर्फ अगाडि लैजानको लागि आलु लगाउने काम थालेको चापाकोट नेपाली कांग्रेस नगर सभापति रामचन्द्र पंगेनीले बताउनु भएको हो ।

    चापाकोटमा किसान उत्साहित भए पछी नगर प्रमुख शिब कुमार गिरी तथा उप-प्रमुख बिमला श्रेष्ठ आफै चापाकोट नगरपालिका का समुहहरुको टोल – टोलमा पुगेर आलुको बिउ हस्तान्त्रण गर्दै आएका छन् ।

    चापाकोटमा दुर्गा माता उध्यमशिल महिला समुहले लगाउदै गरेको आलुको बिउ – (फोटोः प्रदिप पंगेनी)

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस