चापाकोटमा आलु क्रान्ति:झन्डै चार सय बिघा जमिनमा खेती,प्रदेशलाई पुग्नेआलु फलाउछौ: मेयर गिरि

चापाकोटका सबै जसो कृषक आलु रोप्ने कार्यमा ब्यस्त
    २१ मंसिर २०७७, आईतवार ०९:०३  मा प्रकाशित
2150 जनाले पढ़िसके








स्याङ्जा:  स्याङ्जाको सबै भन्दा ठुलो समथर फाट चापाकोट नगरको उर्बर फाट अब आलुमय बन्ने भएको छ।आलु खेतिमा स्थानीय सरकारले करोडौं लगानी झोकेपछी,अहिले चापाकोटका सबै जसो कृषक आलु रोप्ने कार्यमा ब्यस्त छन।

चापाकोट नगर भित्रका १० वटै वार्डका टोल टोलमा महिला कृषक समुह गठन गरि सुरु गरिएको आलु खेती,अहिले अधिकतम कृषक आलु रोप्नमै ब्यस्त छन।



अधिकतम कृषक समुदायको बाहुल्यता रहेको चापाकोटमा कृषकलाई आलु रोप्ने चटारो छ भने नगरप्रमुख शिव कुमार गिरि र उप-प्रमुख बिमला श्रेष्ठ भने आलुको बिउ बितरणको दौरानमा छन।

नगरपालिकाले झन्डै चार सय बिघा जमिनमा आलु फलाउने कार्यक्रम रहेको नगरप्रमुख शिव कुमार गिरिको भनाइ रहेको छ।चापाकोट नगरपालिकाले उर्वर फाट बनाएर प्रकृतिले दिएको बरदान भएको तर हामीले सहि सदुपयोग गर्न नसकेको जिकिर गर्दै नगर प्रमुख भन्छन…,आजैका दिन देखी यो समथर चापाकोटमा कृषि क्रान्तिको सुरुवात भै सक्यो।कृषि क्रान्ति अध्यायको सुरुवात आलु क्रान्तिबाट गर्ने हाम्रो योजना छ र हामी त्यही योजना अनुरुप अगाडी बढिरहेका छौ।

भारतबाट आलु आयात गरेर खाने दिनको अन्त्य गर्न गण्डकी प्रदेशमा उपभोग हुने आलुको जिम्मा चापाकोटले लिने र त्यो सबै होमवर्क आफुले गरिसकेको नगरप्रमुख गिरिले बताए।

आलु खेती गरिसकेपछि आबस्यक बिषादी,मल,भिटामिन जस्ता कुरामा स्थानीय सरकारले खटाएको कृषि प्राबिधिकले दिएको सल्लाह अनुरुप कार्य गर्न नगरका कृषकलाई आग्रह गरेको नगर प्रमुख बताउँछन।

आलु स्टोरका लागि कोल्ड स्टोरको निर्माण गर्ने र त्यो कोल्ड स्टोर सम्भवत नेपालकै ठुलो कोल्ड स्टोर बनाउने आफ्नो सोच रहेको भन्दै कोल्ड स्टोर निर्माणका लागि प्रदेश र संघ सरकारलाई पहल गर्ने नगरप्रमुख गिरि बताउँछन।

युवा बर्गलाई लक्ष्यित गरेर नगरका दश वटै वार्डमा “युथ स्पेसल फार्मिङ प्याकेज प्रोग्राम”लन्च गर्न लागेको जस्ले गर्दा सयौं युवा लाई सोरोजगार सृजना हुने कुरामा आफुले बिश्वास लिएको नगरप्रमुख गिरि बताउँछन।

यद्यपि, चापाकोटको स्थानीय सरकारको यो कदम तारिफ योग्य भएपनि नगरप्रमुखले भनेझैं सवै कुरा पुरा गर्छन भन्ने कुरामा आफुहरुले पुर्ण बिश्वास गर्न नसकेको कुरा भने चापाकोटको स्थानीय सरकारको प्रतिपक्ष दल नेकपाका केही नेताले गर्ने गरेको स्थानीयको भनाइ छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस