योगदान रास्ट्रको लागि जिल्ला कार्य समितिको गठन - सिधा मिडिया






योगदान रास्ट्रको लागि जिल्ला कार्य समितिको गठन

    २२ मंसिर २०७७, सोमबार १८:१५  मा प्रकाशित
472 जनाले पढ़िसके









बागलुङको गलकोटमा योगदान रास्ट्रको लागि जिल्ला समिकिो गठन गरिएको छ ।
शनिवार गलकोटमा भएको एक भेलाले ‘प्राथमिक उपचार हाम्रो सरोकार’भन्ने मुल नारा सहित दिपेश विसीको अध्यक्षतामा २१ सदस्यीय योगदान रास्ट्रको लागि जिल्ला समिति बाग्लुङको गठन गरिएको छ  ।

समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम रोकामगर,उपाध्यक्ष फुलमाया पुन,महासचिवमा रुपा विश्वकर्मा,सचिवमा मिनु विसी,सहसचिवमा नारायण बिश्वकर्मा,कोषाध्यक्षमा सुनिल रोका,सह–कोषाध्यक्षमा निसा श्रीस रहनु भएको छ ।

कार्य समितिको अन्य सदस्यहरुमा सुनिल बोहरा,राजन पाइजा,पशुराम बोहोरा ,प्रर्मिला बिश्वकर्मा,हेम सिर्पाली,अनिल कुमार विश्वकर्मा,हिरा पुन,राज कुमार बोसेल,दिपक सुनार,प्रदीप थापा,सुरेश विक,हरिकला सुनार,भिमकुमारी सुनार रहनुभएको छ । साथै समितिको बरिस्ठ सल्लाहकारमा धिरेन विश्वकर्मा रहनु भएको छ ।

नेपालमा प्राथमिक उपचार सम्बन्धि ज्ञान,देशमा आइपर्ने बाढी पहिरो, माहामारी दुर्घटना तथा आपतकालिन अवस्थामा जनशक्तिको विकास गरेर स्वतन्त्र स्वयंसेवक खडा गरि समृद्ध समाज निर्माण लाई टेवा दिन सामाजिक संस्था गठन गरिएको जनाइएको छ ।

कार्यक्रम समाजसेवी दिपेश विसीको अध्यक्षता तथा जिल्ला समुन्नत समिति बाग्लुङका सदस्य रुपा विश्वकर्माको प्रमुख आतिथ्यता संयुक्त दलित सञ्जाल बाग्लुङका अध्यक्ष धिरेन बिश्वकर्माको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी मिनु विसीले गनुभएको थियो ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस