जोशले भरिएका, राजनैतिक अनुभवले खारिएका, युवाका रोजाइका चापाकोटका जङ्गी जुद्ध को हुन...? - सिधा मिडिया






जोशले भरिएका, राजनैतिक अनुभवले खारिएका, युवाका रोजाइका चापाकोटका जङ्गी जुद्ध को हुन…?

सामान्यतया उनलाई स्याङ्जाको चापाकोटमा कुशल ब्यबसायी भनेर चिनिन्छ
    २२ मंसिर २०७७, सोमबार १८:४३  मा प्रकाशित
851 जनाले पढ़िसके









जुद्ध प्रसाद घिमिरे स्याङ्जा चापाकोटका एक हसिला, फुर्तिला, मिलनसार र बौद्धिक ब्यक्ति जस्को निबास चापाकोट ०८ मा पर्छ।

उमेरले ४0 कटेपनि उनी अकसर युवाहरुको झुन्ड भएकै ठाउँमा गएर रमाइला गफ गरिरहेका हुन्छन। देश र समाज हामी जस्तै युवाको तागतले मात्र समृद्ध बन्न सक्छ हातेमालो गर्दै अगाडी बढौ युवा साथीहरू हामी साथ दिन तयार छौ भन्ने गरेको कुरा चापाकोटका धेरै युवाले चोक चौराहामा उनको तारिफ गर्दै बताउँछन।

खेलकुदमा समेत तिब्र इच्छा राख्ने उनी भलिबल र नेट जाली आफैले बोकेर चापाकोटका दर्जनौं बिधालयमा र क्लबमा नि-शुल्क बितरण गर्दै हिड्ने अकसर उनै जुद्धलाई देखिने गर्छ।

सामान्यतया उनलाई स्याङ्जाको चापाकोटमा कुशल ब्यबसायी भनेर चिनिन्छ तर उनको ब्याक्तित्व हेर्दा कुनै भद्र राजनीतिज्ञको भन्दा कम छैन।उनी चोक, चौतारी र खेलकुद मैदानमा बसेर युवालाई राजनैतिक प्रशिक्षण दिइरहेका हुन्छन।
चापाकोटको सुन्तलीटार स्थित गंगालाल माध्यामिक बिधालयमा अध्यन गरेका जुद्ध प्रसाद घिमिरे २०४४ सालदेखि नै नेपाल बिद्यार्थी संघबाट बिद्यार्थी राजनीतिमा होमिएका थिए। नेपाली काङ्ग्रेसको कृयाशिल कार्यकर्ताको रुपमा २०४६ सालमा पन्चायती शासन ब्यबस्थाको बिरोध गर्दै अग्रमी मोर्चा समाल्दै राजनीतिमा होमिएका उनि बिद्यार्थीकाल देखि नै अग्रणी मोर्चामा रहेर बिद्यार्थीको हक,हित र अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय रहेका जुद्ध घिमिरे कुशल विद्यार्थी नेताका रुपमा कुनै समय परिचीत थिए।

उनलाई धेरै जसो बिद्यार्थी नेता कार्यकर्ताले जङ्गी जुद्धका नामले चिन्ने गरेको कुरा जुद्ध घिमिरे बताउँछन।
लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफु सिपाही बनेर मैदानमा अनब्रत खटिएको र २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी मोर्चामा सरिक हुदा प्रहरीले हानेको लाठीको तितो स्वाद अहिले पनि बेला बेला शरीर दुख्ने गरेको घिमिरे बताउँछन।
२०६२/६३ सालको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत उनी चापाकोटमा शिरमा कफन बाधेर अग्रणी मोर्चामा होमिएका थिए।

केही समय काठमाडौमा व्यावसाय गरेका उनी हाल स्याङ्जा चापाकोट नगरभित्र सामाजिक कार्यमा सक्रिय देखिन्छन।
चापाकोट लाई समृद्धिको दिशामा दौडाउन अब युवाको हातमा नेतृत्व ल्याउनु पर्ने भन्दै घिमिरे भन्छन…,तानाशाही ब्यबस्थाको विरुद्धमा लडेर लोकतन्त्र ल्याइसक्दा पनि राजनीतिमा नेतृत्व गर्ने नेतृत्व पङ्ती जनता प्रती जबाफदायी नहुदा समाज बिकास र परिवर्तनको दिशामा दौडिन नसकेको घिमिरे गुनासो गर्छन।

अहिले चापाकोटमा उनी युवाका आइकन बनिरहेको देखिन्छ।युवा पिढिको मन मस्तिष्कमा बस्न सफल जोश र जागरले भरिएका जुद्ध प्रसाद घिमिरे सक्रिय राजनीतिमा होमिन लागेको हल्लाखल्ला चापाकोटमा मच्चिन थालेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस