आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरूमा सधैँ चर्चामा रहने रमेश प्रसाईँ वैवाहिक सम्बन्धमा बाँधिँएका छन् । उनले आज सामाजिक अभियन्ता नन्दा सिंहसँग लगन गाँठो कसेका हुन् ।
कालिकोटकी सिंहसँग प्रसाईँको विवाह हुन् लागेको हो । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।
नन्दा अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।
उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् ।
उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए । बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।
धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा छ भन्ने धेरैलाई थाहा पनि छैन ।
काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।
उनी भने धरानमै बस्दथे । धरानमा विहे हुने भएपछि धेरैले वरियात धरानबाटै आउलान् र बेहुलीसमेत धरानमै भित्राउने होला भन्ठानेका थिए ।
तर उनले आफ्नै घरबाट जन्ती लैजाने र बेहुली भित्राउने इच्छा गरेका थिए । जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।
जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।
अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको जानकारी प्राप्त भएको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ ।
हुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेकी थिइन ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस