स्याङ्जाः भरूवा बन्दुक सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर. ४ मा २२ र २३ गते अवैध भरूवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी बिर्घाले अबैधः भरुवा बन्दुक सहित २ जना लाई पक्राउ गरेको छ ।
बिर्घाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले अबैध हतियार राखेको भन्ने सूचना लगतै घरमा खानतलासी गर्दा ३ थान अवैधः भरूवा बन्दुक फेला परेको हो । स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ स्थित बराचौर बस्ने वर्ष २४ को शिव प्रसाद पाण्डेको साथबाट १ थान भरूवा बन्दुक सहित शिव प्रसाद पक्राउ परेका हुन् ।
त्यस्तै, स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पर्ने मगर पधेरा बस्ने वर्ष ६३ को रिम बहादुर रानाको साथबाट २ थान अबैधः भरुवा बन्दुक सहित उनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले “सिधा मिडिया” लाई जानकारी दिएको हो । खानतलासी गर्दा पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी” कसुरमा अनुसन्धान भई रहेको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस