स्याङ्जाः अवैध सालको काठ जिपमा ओसारपसार गर्दा गर्दै स्याङ्जामा जिप चालक सहित जिप धनि पक्राउ परेका छन् । आज बुधवार, अवैध सालको काठ ओसारपसार हुँदै छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिका ५ पौडेगौडेमा ढाडेबाट पौडेगौडे तर्फ जाँदै गरेको ग. २ च. १५१३ नं.को बलेरो जीप चेकजांच गर्ने क्रममा सालको ११ थान गोलिया काठ फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले “सिधा मिडिया” लाई जानकारी दिएको छ ।
बरामद गरिएको ११ थान गोलिया सालको काठ सहित जिप चालक स्याङ्जा पुतलीबजार नगरपालिका. ५ बस्ने बर्ष ३० को सन्दिप गुरूङ र उक्त जीप धनि ऐ.ऐ. बस्ने बर्ष ३९ को राजेन्द्र कार्कीलाई आवश्यक कारवाहीको लागि जिप र अवैधः काठ सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका कार्की र गुरूङलाई आवश्यक कारवाहीको लागि स्याङ्जा जिल्ला वन कार्यालय स्याङजामा पठाईएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस