कोरोना संक्रमणका कारण पूर्व सांसद कमानसिं लामाको निधन - सिधा मिडिया






कोरोना संक्रमणका कारण पूर्व सांसद कमानसिं लामाको निधन

    २५ मंसिर २०७७, बिहीबार ०८:०३  मा प्रकाशित
590 जनाले पढ़िसके









काठमाडौं । पूर्व सांसद कमानसिं लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गतराती निधन भएको हो ।

नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए ।

संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे।

वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा दक्षिण कोरियाका लागि राजदूतसमेत बनेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस