बार्सिलोनाले गरेको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला - सिधा मिडिया


बार्सिलोनाले गरेको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला

सिधा मिडिया संवाददाता
    २५ मंसिर २०७७, बिहीबार २०:२५  मा प्रकाशित
148 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा बार्सिलोना र युभेन्ट्सबीचको खेलले मैदानमा मात्र चर्चा पाएन सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पायो ।

    पहिलो लेगको खेलमा टुरिनमा युभेन्टसलाई २-० ले पराजित गरेपछि बार्सिलोनाले लिओनल मेसीलाई ग्रेटेस्ट अफ अल टाइम (गोट) को संज्ञा दिँदै ट्वीट गरेको थियो ।

    ‘हामी खुशी छौँ कि तिमीहरुले आफ्नै पिचमा गोट देख्यौ’ बार्सिलोनाले युभेन्ट्सलाई मेन्सन गरेर ट्वीट गरेको थियो ।

    दोस्रो लेगमा बार्सिलोनालाई उसैको मैदानमा ३-० ले पराजित गर्दै युभेन्ट्सले त्यसको जवाफ फर्काएको छ । क्रिस्टियानो रोनाल्डोको दुई गोल गरेपछि युभेन्ट्सले दोस्रो लेगमा शानदार जित हात पार्‍यो ।

    ‘तिमीले गल्ती शब्दकोशमा हेरेजस्तो छ, हामी क्याम्प नोउमा सही गोट लिएर आउँदैछौँ’ युभेन्ट्सले त्यसको उत्तरमा भनेको थियो ।

    मंगलबार क्याम्पनोउमा ३-० को जित हात पार्दै युभेन्ट्सले पहिलो लेगको हारको बदला लियो ।

    ‘हामीले आफ्नो बोली राख्यौँ । हामीले ल्यायौँ’ इटालियन क्लबले फुल टाइमपछि रोनाल्डोको गोट फोटो ट्वीट गर्दै यस्तो लेखेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस