कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो.. - सिधा मिडिया






कलंकीमा भयानक दुर्घटना : ब्रेक फेल भएको ट्रकले ८ वटा गाडीलाई ठक्कर दियो..

    २७ मंसिर २०७७, शनिबार ०८:३२  मा प्रकाशित
860 जनाले पढ़िसके









शुक्रबार साँझ कलंकीमा भया-नक दुर्घटना भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको ट्राफिक प्रहरीले बताएको छ ।

८ वटा सवारीसाधनलाई ठक्कर दिएको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

काठमाडौंको कलंकी चोकमा अन्डरपास बनेतापनि त्यहाँ हुने गरेको जाममा भने खासै सुधार भएको छैन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस