कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण - सिधा मिडिया





कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

    २७ मंसिर २०७७, शनिबार १५:३१  मा प्रकाशित
513 जनाले पढ़िसके








नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले शुक्रबार (हिजो) ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएका थिए।

शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पोजेटिभ भएतापनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।

सिटौंलाले केही दिन यता आफूसँग सम्पर्कमा रहेकाहरुलाई आवश्यकता अनुसार परिक्षण गराउन र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

संक्रमण देखिएपछि आज बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकमा उनी अनुपस्थित भएका छन्।

सिटौला २९ गते महोत्तरीमा सरकारविरूद्ध हुने प्रदर्शनमा खटिने बताए पनि अब उनी जाने छैनन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस