फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, लेवान्डोस्की र मेस्सीबीच प्रतिस्पर्धा - सिधा मिडिया






फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, लेवान्डोस्की र मेस्सीबीच प्रतिस्पर्धा

    २७ मंसिर २०७७, शनिबार १५:३५  मा प्रकाशित
324 जनाले पढ़िसके









काठमाडौं । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले सन् २०२० को उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जुभेन्ट्सका क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र वेयर्न म्युनिकका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् ।

नोभेम्बर २५ मा फिफाले उत्कृष्ट वर्ष खेलाडीका लागि ११ जनाको छोटो सूची सार्वजनिक गरेको थियो । वेयर्नका लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा गरेपछि वर्ष खेलाडीको होडमा अग्रस्थानमा देखिएका छन् । मेस्सी गत् वर्षका उत्कृष्ट खेलाडीको उपाधि विजेता हुन । रोनाल्डोले सन् २०१६ र २०१७ को उपाधि जितेका थिए । च्याम्पियन्स लिगमा रियल मड्रिडलाई उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । केभिन डे ब्रुन, साडिओ माने, कायल म्बाप्पे, नेयमार, सर्जिओ रामोस, मोहम्मद सलह, थिएगो अल्कान्टरा र भर्जिल भान डाइक होडमा पछाडि परेका छन् । उपाधि विजेताको घोषणा डिसेम्बर १७ मा हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस