स्याङ्जाको चापाकोटमा 'नेकपा'का नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेशको लहर - सिधा मिडिया

स्याङ्जाको चापाकोटमा ‘नेकपा’का नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेशको लहर

गत साता मात्रै एकै पटक ३० जना कांग्रेसमा भित्रीए
    २८ मंसिर २०७७, आईतवार २०:२७  मा प्रकाशित
3208 जनाले पढ़िसके




स्याङ्जाः ‘नेकपा’ नेतृत्वका स्थानिय नेता कार्यकर्ता स्याङ्जाको चापाकोटमा नेपाली काङ्ग्रेसमा प्रवेशको लहर चलेको छ । चापाकोट नगरपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसमा नवप्रवेशीलाई  चापाकोट नगरपालिका का नगरप्रमुख तथा नेपाली काङ्ग्रेसबाट निर्वाचित मेयर  शिव कुमार गिरिले स्वागत गरेका थिए ।

बितेका केहि सातामा स्याङ्जाको चापाकोट नगरपालिका भित्र नेकपा परित्याग गरेर काङ्ग्रेसमा आउनेको संङ्ख्या धेरै देखिएको छ । चापाकोट नगरपालिका ७ मा कार्यकर्ता भेटघाट कार्यक्रम मा सहभागी हुँदै चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरिले नेकपा परित्याग गरि १३ जना नेपाली काङ्ग्रेस मा प्रवेश गरेका लाई अबिर लगाएर स्वागत गरेका थिए ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसले स्याङ्जाको चापाकोटमा आफ्नो पकड बलियो बनाउने दाउमा लागेको छ । गत साता मात्रै चापाकोट नगरपालिका १० को कालिडाँडामा अन्य पाटीमा आस्था राख्नेहरू एकै पटक ३० जना कांग्रेसमा भित्रीएका  थिए  ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस