सरकारविरुद्ध स्याङ्जामा चापाकोट कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर) - सिधा मिडिया


सरकारविरुद्ध स्याङ्जामा चापाकोट कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

प्रदिप पंगेनी
    २९ मंसिर २०७७, सोमबार २०:१८  मा प्रकाशित
639 जनाले पढ़िसके

प्रतिक्रिया



    स्याङ्जा । देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । स्याङ्जा सहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।

    स्याङ्जा कांग्रेसले आयोजना गरेको जुलुस र सभामा चापाकोट बाट चापाकोट नगरपालिका का मेयर शिबकुमार गिरी सहित चापाकोट नगर सभापति रामचन्द्र पंगेनी, नगर सदस्य सुर्य माझी लगाएत नेता कार्यकर्ताको ठुलो रुपमा बाक्लो सहभागिता रहेको थियो । चापाकोट नगरपालिका बाट मात्रै ५०० भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ताको सभागिता रहेको थियो ।

    स्याङ्जाको पुतलिबजारमा ठुलो रुपमा सभा गरेको थियो । स्याङ्जा जिल्ला भरिबाट विभिन्न ठाउँबाट आएका प्रदर्शन पुतलिबजारमा रहेको प्रशासन अगाडी पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई कांग्रेस वरिष्ठ नेता धनराज गुरुङ् लगाएत स्याङ्जा जिल्ला भरीका कांग्रेसका स्थानिए देखी सबै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    स्याङ्जा चापाकोट कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

    हेर्नुहोस् चापाकोट सहित स्याङ्जा जिल्ला भरिका विभिन्न स्थानबाट आएर पुतलिबजारमा आयोजित विरोध प्रदर्शनका तस्वीर –

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस